पोखरा । पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा मृत्यु भएकी युवती दोलखाको वैतेश्वर गाउँपालिका–८ छेत्रपा फेदीकी स्वस्थानी खड्का रहेको खुलेको छ।
उनका छिमेकी पुष्कर अधिकारीका अनुसार काठमाडौंमा काम गर्दै आएकी खड्का कामको सिलसिलामा पोखरा पुगेकी थिइन्। बुधबार जलेको अवस्थामा उनको शव फेला परेको थियो।
शव लिन उनका भिनाजु र भाइ पोखरा पुगेका छन् भने आमा–बुबा काठमाडौं जाँदै गरेको अधिकारीले जानकारी दिएका छन्।










