दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुने छ। खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अपराह्न ४ बजे सुरु हुनेछ।
करण केसीको कप्तानीमा रहेको काठमान्डुले अहिलेसम्म तीन खेल खेलेको छ, जसमा एक जित र दुई हारका साथ २ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा छ। टोलीले प्लेअफमा पुग्ने लक्ष्य कायम राख्न आजको खेललाई निर्णायक मानिएको छ।
त्यस्तै, रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले पनि तीनमध्ये एक खेल जित्दै २ अंकसहित चौथो स्थान ओगटेको छ। प्लेअफ आशा जोगाइराख्न लुम्बिनीका लागि आजको भिडन्त अत्यन्तै महत्त्वपूर्ण छ।
दुवै टोली समान अंकमा रहेकाले आजको परिणामले लिग तालिका र प्लेअफ दौडमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।










