काठमाडौं । हालको राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालको अर्को समूहले कुलमान घिसिङलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा प्रस्ताव गर्ने निर्णय गरेको छ।
जेन–जी नेपालले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार अन्त्य, बेथिती नियन्त्रण र सुशासन कायम गर्ने आन्दोलन सफलताको नजिक पुगेको दाबी गरिएको छ।
यसअघि बालेन्द्र साह र हर्क साम्पाङको नाममा छलफल भए पनि सम्भावना न्यून देखिएकाले अन्ततः घिसिङमा सकारात्मक सहमति बनेको विज्ञप्तिमा उल्लेख छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा समर्थन भए पनि कानुनी अड्चन र उमेर सीमाका कारण अस्वीकृत गरिएको जनाइएको छ।