तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा रामेछापका डिल्लीमान तामाङ निर्वाचित

नेकपा माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा रामेछापका २०६४ का संविधान सभा सदस्य डिल्लीमान तामाङ निर्वाचित भएका छन् ।

पूर्ण ताम्सालिङ प्रदेश स्थापना गरौँ, समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ भन्ने नाराका साथ काठमाडौँमा असार ८ र ९ गते सम्पन्न ७ औँ राष्ट्रिय महाधिवेशनले तामाङको अध्यक्षमा १५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशन प्रतिनिधि सभाका सांसद तथा मोर्चाका निवर्तमान अध्यक्ष सूर्यमान दोङ लालध्वजको अध्यक्षतामा भएको थियो ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा धादिङका सोमबले तामाङ, उपाध्यक्षहरूमा दोलखाबाट हिमाली गोले, ललितपुरबाट गोपीलाल सिङ्तान, काभ्रेबाट अविरल जिम्बा, भक्तपुरबाट प्रेमकुमार लामा, मधेस प्रदेशबाट बेनीबहादुर मोक्तान, प्रदेश नं. १ बाट मनोज तामाङ, गण्डकी प्रदेशबाट हरिजंग तामाङ निर्वाचित भएका छन् ।

यस्तै महासचिवमा मकवानपुरका लिलाकुमार घलान तामाङ, उपमहासचिवमा काभ्रेका कुवेरसिं तामाङ काभ्रे, सिन्धुलीका दिर्गसिंह मोक्तान निर्वाचित भएका छन् ।

त्यस्तै सचिवहरूमा काठमाडौँबाट रक्षेबहादुर तामाङ (युनिक), सिन्धुपाल्चोकबाट मिलन तामाङ र कोषाध्यक्षमा नुवाकोटबाट उषा तामाङ निर्वाचित भएका हुन् । लामो समयदेखि निष्क्रिय रहेको माओवादीका जातीय मोर्चाहरू पछिल्लो समय पुनः सक्रिय हुन थालेका हुन् ।

मोर्चाको महाधिवेशनको शनिवार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । मोर्चाको पहिलो बैठक भोलीबाट असार २१ र २२ गते २ दिनसम्म काठमाडौँ चल्ने केन्द्रीय सचिव रक्षेबहादुर तामाङ युनिक जनाएको छ ।

SHARE