नेवार समुदायमा आज आत्म (म्हः) पूजा

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आज आत्म (म्हः) पूजा गरिरहेका छन्। हरेक वर्ष यस दिन आत्माको सम्मान र शुद्धताको प्रतीकका रूपमा आत्म पूजा मनाइन्छ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार आत्म नै मानव जीवनको आधार भएकाले आत्म सन्तुष्ट राख्न सक्नुले देवी–देवतासमेत प्रसन्न हुने विश्वास रहिआएको छ। आत्मलाई सम्मान र सन्तुलनमा राख्दा जीवन सार्थक हुने शास्त्रीय धारणा रहेको उनले बताए।

यो पर्व नेवारी संस्कृति र दर्शनसँग गहिरो रूपमा जोडिएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, चौतारा लगायतका नेवार बाहुल्य क्षेत्रहरूमा विशेष उत्साहका साथ म्हः पूजा मनाइँदैछ। आत्म सम्मान र आध्यात्मिक चेतनाको सन्देश बोकेको यो पर्वलाई नेवार समुदायले आत्म–पहिचानको पर्वका रूपमा लिने गर्छन्।

SHARE