लगातार बढ्दै आएको सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँमा किनबेच भएको हो।
मंगलबार एकै दिन सुनको मूल्य चार हजार नौ सय रुपैयाँले बढेर दुई लाख ४६ हजार चार सय रुपैयाँ पुगेको थियो। तर, त्यसपछि बुधबार सुनको मूल्यमा गिरावट आएको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार एक सय आठ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसैबीच, स्थानीय बजारमा चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिनको तुलनामा बुधबार चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर तीन हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।









