नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधानसहितका प्रस्तावमा थप बहस आवश्यक रहेको बताएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले ‘महाधिवेशनमा आफू मात्र बोल्ने, थप छलफल नहुने’ अभिव्यक्ति दिएपछि पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिवाद गर्दै भदौ २३–२४ पछि बदलेको राजनीतिक परिस्थितिको गम्भीर समीक्षा अपरिहार्य भएको बताए। जबजको सिद्धान्तअनुसार प्रतिनिधि छनोट र प्रस्तावमा निर्भयतापूर्वक सहभागिताका लागि उनले नेता–कार्यकर्तालाई आह्वान गरे।
पोखरेलले विधान महाधिवेशनले पारित गरेका प्रतिवेदनहरू वर्तमान परिस्थितिमा पर्याप्त नभएको उल्लेख गर्दै पार्टीलाई अद्यावधिक मार्गदिशा आवश्यक रहेको टिप्पणी गरे।










