काठमाडौं । ‘ओइ सानु’ शीर्षकको बोलको गीत सार्वजनिक गरिएको छ। गायक जोगलाल लामा र जितु लोप्चनको आवाजमा रहेको गीतका शब्द गोरखा लामा घिसिङले तयार पारेका हुन्।
गीतको मिक्सीङ- मास्टरीङ दिपेश प्रधानले गरेका छन् भने रेकर्डिङ मिन्सेङ रेकर्डिङ स्टुडियोमा गरिएको हो।
कुमार मोक्तान र सीता लामा मुख्य कलाकारका रूपमा देखिएका छन्। भने विकास स्याङ्तान र गोरखा घिसिङले अभिनयमा साथ दिएका छन्।
भिडियोमा सुमन सङ्घरले मेकअप, उदास लामाले लाइट, र सुनील कुमार मोक्तानले क्यामेरा तथा एडिटको जिम्मेवारी सम्हालेका छन्। भिडियोको कलर मेघ बी थापाले गरेका हुन्।
गीतको निर्देशन कुमार मोक्तानले गरेका छन् भने पोष्ट–प्रोडक्सन को म्हेन्दो मिडिया हाउसले गरेको छन्।










