माइतीघरमा १० दिनदेखि आमरण अनशनमा रहेका यादव सिंहले अनशन तोडे

काठमाडौँ । माइतीघर मण्डलामा गत कात्तिक २५ गतेदेखि आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले अनशन तोडेका छन्।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि सिंहले १० दिनपछि अनशन समाप्त गरेका हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाहीसहित जेनजी आन्दोलनका सहिद परिवार र घाइतेका माग पूरा गर्नु पर्ने ४ बुँदे माग राख्दै उनी अनशनमा बसेका थिए।

गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र स्वकीय सचिव धिरज जोशीले प्रतिबद्धता पत्र बुझाएपछि देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आफूले अनशन तोडेको सिंहले बताए।

SHARE