गणेश रिजालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन

जिरी। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)जिरी-काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा गणेश रिजाल चयन भएका छन्। सम्पर्क समन्वय समितिको तेस्रो बृहत् भेलाले रिजालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

काठमाडौँको जोरपाटी नारायणटार जुम क्याफेमा शनिबार सम्पन्न भेलाले चयन गरेको कार्यसमिति उपाध्यक्षमा जाफुरे शेर्पा, छिरिङ शेर्पा रहनुभएको छ। यस्तै सचिवमा सन्जी तामाङ, कोषाध्यक्षमा बाल कुमार खत्री चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा दादेम्बा शेर्पा ,फुर्निमा शेर्पा ,सुबास बस्नेत ,लाक्पा शेर्पा ,दिपक कार्की ,गङ्गा माया कार्की ,कमला बस्नेत ,सोनाम शेर्पा ,आङ तेम्बा शेर्पा ,जाङ्बु शेर्पा ,मन्दिरा खाती ,लीला कार्की ,इशान कार्की ,सन्जीब घतानी ,नबराज खत्री ,दिनेश खत्री ,रबिन कार्की र निर्मला घलन चयन भएका हुन्
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य सङ्कर लामाको प्रमुख अतिथिमा भेला सम्पन्न गरिएको हो।

SHARE