नयाँ वर्ष २०८३: रोयल नेपाल रोधी क्लबमा सांगीतिक उत्सवको तयारी

काठमाडौँ । लाजिम्पाटस्थित रोयल नेपाल रोधी क्लबमा नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा आगामी ३० चैत साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रमको मुख्य आकर्षणका रूपमा गायक बिशाल काल्तनको लाइभ प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रमलाई केवल सांगीतिक प्रस्तुतिमा सीमित नराखी विविध मनोरञ्जनका आयामहरू समेटिएको छ। दर्शकहरूले लोक दोहोरी, तामाङ सेलो, नृत्य प्रस्तुति, कमेडी शो, डीजे नाइट तथा काउन्टडाउन कार्यक्रममार्फत नयाँ वर्षलाई स्वागत गर्न पाउनेछन्। आयोजकका अनुसार परम्परागत र आधुनिक शैलीको मिश्रणमार्फत सबै उमेर समूहलाई लक्षित गरिएको छ।

क्लबका सञ्चालक सुनिल छेवाङ लामाका अनुसार पछिल्लो समय नेपाली मौलिक सांस्कृतिक कार्यक्रमप्रति दर्शकहरूको आकर्षण बढ्दो छ, जसलाई मध्यनजर गर्दै कार्यक्रमलाई अझ व्यवस्थित र भव्य बनाउने तयारी गरिएको हो।

“दर्शकलाई फरक अनुभव दिन हामीले सांस्कृतिक मौलिकता र आधुनिक प्रस्तुति दुवैलाई सन्तुलनमा राखेका छौं,” उनले भने।