बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा तथा बिक्रीदर ११० रुपैयाँ १७ पैसा कायम गरिएको छ भने स्विस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५८ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०७ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 154.16 154.76
EUR  (European Euro) 1 179.12 179.82
GBP  (UK Pound Sterling) 1 206.66 207.46
CHF  (Swiss Franc) 1 195.82 196.58
AUD  (Australian Dollar) 1 109.74 110.17
CAD  (Canadian Dollar) 1 112.14 112.57
SGD  (Singapore Dollar) 1 120.33 120.80
JPY  (Japanese Yen) 10 9.69 9.73
CNY  (Chinese Yuan) 1 22.65 22.74
SAR  (Saudi Arabian Riyal) 1 41.08 41.24
QAR  (Qatari Riyal) 1 42.29 42.46
THB  (Thai Baht) 1 4.72 4.74
AED  (UAE Dirham) 1 41.97 42.14
MYR  (Malaysian Ringgit) 1 38.76 38.91
KRW  (South Korean Won) 100 10.21 10.25
SEK  (Swedish Kroner) 1 16.41 16.48
DKK  (Danish Kroner) 1 23.97 24.06
HKD  (Hong Kong Dollar) 1 19.68 19.76
KWD  (Kuwaity Dinar) 1 502.48 504.43
BHD  (Bahrain Dinar) 1 408.80 410.40
OMR  (Omani Rial) 1 400.41 401.97