काठमाडौं । तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ बाढीपीडितको सहयोगार्थ विशेष प्रदर्शन हुने भएको छ। चलचित्रको विशेष प्रदर्शन आगामी भदौ २६ र २७ गते नेपाल चलचित्र विकास बोर्डको हलमा गरिने निर्माण पक्षले जनाएको छ।
बाढीका कारण प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले चलचित्रको विशेष प्रदर्शन आयोजना गर्न लागिएको हो। प्रदर्शनबाट प्राप्त हुने सहयोग रकम बाढीपीडितका लागि उपयोग गरिने आयोजकले जनाएको छ।
तामाङ समुदायको भाषा, संस्कृति, जीवनशैली र सामाजिक परिवेशलाई कथावस्तु बनाइएको चलचित्रको विशेष प्रदर्शनमा कलाकार, चलचित्रकर्मी, सामाजिक अभियन्ता तथा दर्शकलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।
बाढीपीडितको सहयोगका लागि आयोजना गरिएको विशेष प्रदर्शनले मनोरञ्जनसँगै मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको सन्देशसमेत दिने अपेक्षा गरिएको छ।









