काठमाडौँ। मिडिया ठाँटी प्रा.लि.को तेस्रो वार्षिकोत्सव तथा चौथो वर्ष प्रवेशको अवसरमा आयोजित विशेष समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई ‘मिडिया ठाँटी सम्मान–२०८३’ प्रदान गरिएको छ।
कार्यक्रममा पूर्वप्रहरी नायब महानिरीक्षक एवं वरिष्ठ समाजसेवी रमेशप्रसाद खरेललाई मिडिया ठाँटी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत दामोदर भट्टले सम्मान गर्नुभएको थियो। त्यसपछि खरेलले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान प्रदान गर्नुभएको थियो।
सम्मानित हुनेहरूमा साहित्यकार सरस्वती ज्ञवाली र शोभा अधिकारी, शिक्षासेवी मथुरा थापा र गोपीकृष्ण न्यौपाने, बैङ्कर सुनील केसी, धर्मगुरु धर्मपाल गुरु वशिष्ठ, अधिवक्ता कुमारप्रसाद भट्टराई र लीलादेवी धमला, मानव कल्याण समाजकी अध्यक्ष माता सुमी मानव, गृह श्रमिक सरोकार समाज नेपाल (HBWCSN)की अध्यक्ष प्रभा पोखरेल, राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाल, आईएमएस ग्रुपका अध्यक्ष दीपककुमार मल्होत्रा, सिग्मा प्राइम इन्भेष्टमेन्टका सञ्चालक तथा युवा व्यवसायी विष्णुप्रसाद ढकाल, नेपाल–भारत उद्योग वाणिज्य सङ्घका निर्देशक मार्सल राठौर, ‘इट फिट’की सञ्चालिका रजिना भट्टराई, नौमती वाद्यवादक कृष्ण दर्जी, बुद्धिजीवी वेदप्रसाद पन्त, चलचित्र फोटोग्राफर रेखा लामिछाने, कोजी ब्यूटी सलुनकी सञ्चालिका रेखा थापा, जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानीप्रसाद पौडेल, समाजसेवी भरतमणि अर्याल, बुढानीलकण्ठ पाठशालाका प्रिन्सिपल गोपालबहादुर महत, होटल खुम्जुङकी सञ्चालिका शोभराज भण्डारी, गण्डकी पब्लिक बोर्डिङ स्कुलका प्राचार्य रामचन्द्र भट्ट, ‘हाम्रै नेपाली स्वाद’की सञ्चालिका रिमा गौतम, इको नेक्स्ट टेक्नोलोजी प्रा.लि.का सञ्चालक तथा वरिष्ठ समाजसेवी राजेश गौतम, बुद्धिजीवी राजेन्द्रप्रसाद फुयाँल, चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटका अपरेसन डाइरेक्टर तथा वरिष्ठ समाजसेवी चण्डेश्वरा नन्दराज वैद्य, समाजसेवी राज कार्की, समाजसेवी चित्रकला दवाडी, सिद्धार्थ बनस्थली इन्स्टिच्युटका प्रिन्सिपल एवं बुद्धिजीवी रूपक राजवंशी, बुद्धिजीवी कृष्णप्रसाद अर्याल, बुद्धिजीवी केशवकृष्ण डंगोल, समाजसेवी रामकुमार श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी मुना श्रेष्ठ तथा नारी टेलिभिजनकी सञ्चालिका एवं समाजसेवी निकिता पौडेल, निर्देशक, स्क्रिप्ट लेखक तथा कलाकार सुरज खनाल, पत्रकार तथा कवि सनत गिरी रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व डिआइजी एवं वरिष्ठ समाजसेवी रमेशप्रसाद खरेलले जस्तोसुकै कठिन परिस्थितिमा पनि सत्य, निष्पक्षता र जिम्मेवार पत्रकारिताबाट विचलित नहुन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो। उहाँले पछिल्लो समय सामाजिक सद्भाव खलबल्याउन सक्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक एकता, शान्ति र समृद्धिका लागि सबै नागरिकले आ–आफ्नो स्थानबाट इमानदार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको समापनका अवसरमा मिडिया ठाँटी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत तथा उक्त समारोहका सभाध्यक्ष दामोदर भट्टले मिडिया ठाँटीले सफलतापूर्वक तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गर्न सक्नुमा पाठक, दर्शक, शुभेच्छुक, विज्ञापनदाता, सहयोगी संस्था तथा सम्पूर्ण शुभचिन्तकहरूको निरन्तर माया, विश्वास, साथ र हौसलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ निष्पक्ष, विश्वसनीय र उत्तरदायी पत्रकारितामार्फत समाजप्रति समर्पित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा पञ्चेबाजा, साकेला नृत्य, गजल वाचनलगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रमको उद्घोषण भेषराज पाण्डेयले गर्नुभएको थियो। कार्यक्रममा बुद्धिजीवी, शिक्षाविद्, बैङ्कर, पत्रकार, समाजसेवी, उद्योगी–व्यवसायी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको टाइटल प्रायोजक आईएमएस ग्रुप रहेको थियो भने सह–प्रायोजक इको प्राङ्गारिक मल उद्योग रहेको थियो। शैक्षिक साझेदारका रूपमा सिग्मा कलेज, मोर्गन इन्टरनेशनल कलेज, हिलसाइड कलेज अफ इन्जिनियरिङ, साउथवेस्टर्न स्टेट कलेज, सिर्जना ज्ञानसागर माध्यमिक विद्यालय, गण्डकी पब्लिक बोर्डिङ स्कुल, जया मल्टिपल क्याम्पस, गीताञ्जली स्कुल एन्ड कलेज, बुढानीलकण्ठ पाठशाला तथा सिद्धार्थ बनस्थली इन्स्टिच्युट रहेका थिए।
त्यसैगरी ‘इट फिट’ प्रा.लि., हाम्रै नेपाली स्वाद, धवलागिरि होस्टेल, होटल खुम्जुङ, नवरत्न टेक्निकल ट्रेनिङ इन्स्टिच्युट, सुटमाला, कोजी ब्यूटी सलुन, चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट तथा ग्रिन सिटी हस्पिटलले कार्यक्रमको सफल आयोजनामा सहयोग गरेका थिए।
मिडिया ठाँटी प्रा.लि.ले सञ्चालन गर्दै आएको ठाँटी खबरले आगामी दिनमा पनि निष्पक्ष, विश्वसनीय र उत्तरदायी पत्रकारितासँगै समाजमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान गर्ने परम्परालाई निरन्तरता दिने जनाएको छ।









