भरतपुरमा माओवादीका दुई र एमालेका एक कार्यकर्ता पक्राउ

चितवन : चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्थलबाट दुई माओवादी कार्यकर्ता र एक एमालेका कार्यकर्ता पक्राउ परेका छन । मतपत्र च्यातेको आरोपमा वाइसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र अर्का माओवादीका कार्यकर्ता दोर्ण सिवाकोटी पक्राउ परेका छन् । त्यसैगरी प्रहरीले एमाले कार्यकर्ता गंगा लामालाई पनि पक्राउ गरेको छ ।

मतगणनास्थलमा मतपत्र च्यातेको आरोपमा प्रहरीले बिहान साढे १ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका एमाले कार्यकर्ता गंगा लामा जिल्ला खेलकुद विकास समिति चितवनका सदस्य समेत हुन् ।

SHARE