जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, कीट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका जोशीले बताए।
तराईका जिल्लामा बढी हुने डेंगी संक्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको छ। उनले भने, ‘लामखुट्टे पहाडमा पनि देखिन थालेपछि पहाडी जिल्लामा पनि संक्रमण बढ्दै गएको छ, पहाडी जिल्लामा पनि संक्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ।’
डेंगी भएमा उच्च ज्वरो आउने, आखाको गेडि, टाउको , ढाड, शरीर, घुँडाका जोर्नी भएमा उच्च ज्वरो आउने, आखाको गेडि, टाउको , ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, जस्ता डेंगीका लक्षणहरु देखापर्ने गर्दछन्।यसका साथै गम्भीर प्रकृतिको डेंगी संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिनेजस्ता लक्षणहरु देखा पर्छ्न ।