तामाङ कथानक चलचित्र सेर्कुको सम्पादन आन्तिम चरणमा

जेठ ४  काठमान्डौ

प्रीन्स मुभिज एण्ड एक्स्ट्राभेग्यान्जा ब्यानरमा निर्माण भएको तामाङ कथानक चलचित्र सेर्कु  को सम्पादन कार्य अन्तिम चरणमा पुगेको  नायक तथा लेखक ऋतुराज पाख्रिन ले जानकारी दिएका छन्।

विशुद्ध तामाङ सस्कृतिमा आधारित कथाबस्तुमा निर्माण भएको सेर्कु ले तामाङ फिल्म क्षेत्रमा एउटा नया आयाम थप्ने विश्वास छ निर्देशक राजकुमार मोक्तान ले बताउनु भयो राज कुमार मोक्तानको निर्माण तथा  निर्देशन रहेको “सेर्कु”मा नकलाकारहरु  ऋतुराज पाख्रीन, सुस्मा मोक्तान , सुस्मा थिङ र उर्मिला वाईबाको प्रमुख भुमिका रहेको छ भने नायिका  चाँदनी मोक्तानको विशेष भुमिका यस चलाचित्रमा  देख्न  सकिने छ ।त्यसै गरि शैलुङ अनलाइनका अध्यक्ष तथा पत्रकार श्याम योन्जन  , चर्चित खलनायक बिकास स्याङतान ,फापरे गायक बैरागी मोक्तान ,मुस्कान  ग्याबक  , योगेश मोक्तान , किरण तामाङ , गोपिराम आदिको शसक्त  भुमिका रहेको छ।

सम्पादान कार्य हुदै

  हाल लोप्साङकार्पो मिडिया हाउसमा असार दोश्रो सातादेखि प्रदर्शन गर्ने गरि धमाधम सम्पादन भैइरहेको उक्त फिल्मलाई रोशन फ्युबाले छयांकन तथा  सम्पादन गर्ने जिम्मा सम्हालेका छ्न। दीपेन्द्र हमालको शृङ्गार अनि कथा/पटकथा/संबाद ऋतुराज पख्रीनकै रहेको छ भने राज कुमार मोक्तान र जीबन बोम्जनको शब्द, आर.बी सिङदन र राज कुमार मोक्तानले गितमा संगीत भरेका छन।अमृत लामा , जितु लोप्चन, आर. बि सिङदनले गीतमा स्वर भरेका छन। फिल्ममा राज कुमार मोक्तान र सिद्धार्थ मोक्तान निर्माता रहेको छ भने निमा दावा रुम्बा तामाङ र तेन्जिङ सेर्पा ह्याल्मो सहनिर्मातामा रहेको छ।

 

SHARE