तामाङ चलचित्रकर्मी एकजुट हुन नसकेकोमा दुःख व्यक्त गर्दै निर्देशक लामा

लामो समयदेखि तामाङ चलचित्रको निर्देशन गर्दै आएका निर्देशक निमा लामाले तामाङ चलचित्रकर्मी एक हुन नसकेकोमा दुःख व्यक्त गरेका छन्। कार्यक्रम आवर डेस्टिनेसनमा तामाङ चलचित्रको वर्तमान अवस्थाको बारेमा संबाद गर्दा लामाले तामाङ चलचित्रकर्मीहरु एक जुट हुन नसकेको बरु उल्टै खुट्टा तान्ने प्रवृति रहेको कुरा बताएका हुन्।

तामाङ समुदाय भित्रको चलचित्र भएता पनि स्थान, पात्र तथा परिवेशको आधारमा चलचित्रलाई हेर्ने गरेको बताए। जस्ले गर्दा तामाङ चलचित्र र तामाङ समुदाय भित्र रहेका रहनसहनलाई राष्ट्र स्तरमा प्रस्तुत गर्न नसकिएको बताएका छन्। जातीय हकहित र अधिकारलाई समेटिएको चलचित्र निर्माण हुनु पर्ने भएता पनि वर्तमान समयमा क्षणिक मनोरञ्जन दिने मात्र चलचित्र बनेको छ।

भावी पुस्ताले पनि हेर्न रुचाउने चलचित्र बन्न सकेको छैन। देशै भरिका तामाङ समुदायको भाषाशैली फरक फरक रहेकोले यस्ता विषयवस्तुलाई समेटेर चलचित्र निर्माण गर्न सकिको छैन। जसले गर्दा पनि तामाङ समुदाय पछाडि परेको कुरा लामाले वताएका छन्।

SHARE