नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत चलचित्र विकास बोर्डको सहयोगमा आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेशको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन २०८२ आयोजना हुने भएको छ।
अधिवेशनको अवसरमा तामाङ चलचित्र “तामाङला कोला” र तामाङ लघु चलचित्र “श्ह्यामा पिन्वा”को विशेष प्रदर्शनसमेत गरिनेछ।
कार्यक्रम २०८२ साल पुस १२ गते (शनिवार), चलचित्र विकास बोर्ड सभाहल, चाबहिल–काठमाडौँमा विहान १०:०० बजेबाट सुरु हुने महासंघ बागमती प्रदेशका अध्यक्ष रेशम कुमार स्याउलीले जनाएको छ।
आयोजक संस्थाले आदिवासी जनजाति चलचित्रकर्मी, सरोकारवाला तथा दर्शकहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गरेको छ।










