प्रेस सेन्टर काठमाडौं समन्वय समितिको १७ सदस्यीय नयाँ कार्यसमिति चयन

प्रेस सेन्टर काठमाडौं जिल्ला समन्वय समितिको नयाँ कार्यसमिति चयन भएको छ । समितिको चौँथो अधिवेशनबाट राममणि घिमिरेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा रमेश लामिछाने र मनिका खतिवडा निर्वाचित भए । लामिछाने खुल्ला उपाध्यक्ष सर्वसम्मत चयन भएका हुन् भने खतिवडा महिला उपाध्यक्षका रूपमा निर्वाचित भएकी हुन् ।

यसैगरी सचिवमा सन्तोष तिवारी र सहसचिवमा हिरोज लोप्चन निर्वाचित भए । सहसचिव समावेशीमा अनिशा निरौला निर्वाचित भइन् भने कोषाध्यक्ष मदन नगरकोटी चयन भए ।

सदस्यहरूमा अर्जुन गौतम, मञ्जु घिमिरे, अंकध्वज परियार, सूर्यबहादुर लामा निर्वाचित भए । यसैगरी दिलिप न्यौपाने, दिपक योगी, दिलिप गुरुङ, सुनिता तिमल्सिना, ऋग देवकोटा, शैलेश कुमार डंगोल र सुदिप भट्ट निर्वाचित भए ।

SHARE