बाढीले बस्ती कटान गरेपछि ताप्लेजुङको दोभान बजारका सात घर जोखिममा

बढ्दो वर्षतले गर्दा झन जोखिम हुने भएकोले मैवाखोलाको कटानमा परेको ताप्लेजुङको दोभान बजारका सात घरका सामान अन्यत्र सारिएको छ ।

मेरिङदेन गाउँपालिका-३ खाम्लुङका वडाध्यक्ष गजेन्द्र नाल्बुकाअनुसार खोलाले घर भत्काउने भएपछि सामान सारिएको हो ।

सुकबहादुर लिम्बु, प्रेम न्यौपाने, रिञ्जेन शेर्पा, धनबहादुर लिम्बु, दीपक धिताल, याम आङबोहाङको घर र पसलको सामान सारिएको छ ।  भने पवन लिम्बुको घरपनि जोखिममा परेको वडाध्यक्ष गजेन्द्र नाल्बुले जनाएको छ ।

आइतबार रातिदेखि खोलो केही घटेपनि कटान नरोकिएका कारण जोखिम कामयै रहेकोले अन्यत्र शुरक्षित ठाउँमा व्यवस्थापन गरिरहेको   वडाध्यक्ष गजेन्द्र नाल्बुले जनाएको छ  ।

SHARE