फिल्मको तयारीमा ‘सक्किगोनी’ टिम

हास्य टेलिशृंखला ‘सक्किगोनी’ का टिमले फिल्म बनाउने भएका छन्।उनीहरू यतिबेला स्क्रिप्ट लेखनमा व्यस्त छन्। टेलिशृंखलाका जिग्री (कुमार कट्टेल), कक्रोज (हरिश निरौला) र काकु (दीपक आचार्य) नौबिसेमा स्क्रिप्ट लेखिरहेका छन्।

‘हामी दुई हप्तादेखि फिल्मको स्क्रिप्ट लेखिरहेका छौं। स्क्रिप्ट तयार भएपछि हामी फिल्मको आधिकारिक घोषणा गर्ने तयारीमा छौं,’ दीपक आचार्यले भने। फिल्ममा ‘सक्किगोनी’ का टिम र कथाको माग अनुसार अन्य कलाकारको अभिनय रहने आचार्यले बताए।

‘सक्किगोनी’ लाई अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले लेखन तथा निर्देशन गर्दै आएका छन्। यस टेलिशृंखलालाई दर्शकले खुब रूचाइरहेका छन्।

SHARE