मछिन्द्र एफसीले भारतको इन्डियन सुपर लिग आईएसएल क्लब मोहन बगानसँग खेल्दै

 एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा आज नेपालको ‘ए’ डिभिजन लिग क्लब मछिन्द्र एफसीले भारतको इन्डियन सुपर लिग आईएसएल क्लब मोहन बगानसँग खेल्दैछ ।

कोलकातास्थित साल्ट लेक स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ७ बजे खेल सुरु हुनेछ । गतसाता काठमाडौंमा सम्पन्न पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै मोहन बगानसँगको भेट गरेको हो ।

मोहन बगानले सिधै दोस्रो चरण खेल्न लागेको हो । भिसा समस्याका कारण मछिन्द्रका लागि पहिलो खेल गुमाएका क्यामरुनी खेलाडी मेसुके ओलोमोउले आजको खेल्ने छन् । उनी भारतको सिक्किमबाटै क्लबको प्रशिक्षणमा पुगेका थिए ।

SHARE