किरणबाबु पुनको ‘पिपल बोट मुनी’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमान्डौं । लोकप्रिय गायक तथा संगीतकार किरणबाबु पुन र भारतिय गायिका सञ्जीवनीको आवाजमा ‘पिपल बोट मुनी’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा किरणबाबु पुनको शब्द,संगीतमा तयार भएको छ भने संगीत संयोजन कमल सौरागको रहेको छ । गायक तथा मोडल राम्जी खाँड र मोडल करिश्मा ढकालको अभिनय रहेको छ ।

 उक्त गीतको भिडियोलाई खड्ग बहादुर पुनले निर्देशन गरेका हुन् । भिडियोमा अजय रेग्मीको छायाँकन र राजकुमार मगरको सम्पादन  रहेको छ । गीतलाई किरणबाबु पुनको अफिसयिल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

सार्वजनिक भिडियोमा पछिल्लो पुस्ताको प्रेमिल जोडिहरुको माया प्रेमकथामा आधारित छ।

SHARE