काठमाडौँ । जिम्बा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र ‘ह्याङ तामाङ’ मा समावेश तेस्रो गीत ‘थे सेम्री’ विहीवार सार्वजनिक भएको छ ।
गीतलाई सागर आले मगर र सुमिना लो ले स्वर दिएका छन् भने शब्द र संगीत निमा लामा तामाङको रहेको छ । प्रेम,रोमान्सको भाव समेटिएको यस गीतमा लोक प्रिय कोरियोग्राफर अभि लामा र नायिका अनिता गोलेको आकर्षक अभिनय देख्न सकिन्छ ।
‘थे सेम्री’ गीतले युवावस्थाको माया–प्रेम र भावनात्मक नजिकतालाई चित्रण गर्छ । परम्परागत तामाङ सांगीतिक लयमा आधुनिक फ्लेभर मिसाइएको यस गीतलाई सुन्ने मात्र होइन, भिडियो अभिनय दर्शकले आफूलाई गीतसँग जोडिएको महसुस गर्न सक्ने खालको बनेको छ ।
अभि लामा गीत संगीत क्षेत्रमा स्थापित कोरियोग्राफर, निर्देशक कलाकार हुन् । उनको अभिनयमा सहजता, आत्मविश्वास र स्क्रीनमा आफ्नो उपस्थितिलाई जीवन्त बनाउने क्षमता झल्किन्छ । विशेषगरी नृत्य र अभिव्यक्तिमा उनले दर्शकलाई गीतको भावनामा तान्ने काम गरेका छन् । भने गीतमा नायिका अनिता गोलेको उपस्थिति अत्यन्त प्रभावकारी छ । उनी स्क्रीनमा सौम्य, स्वाभाविक र भावनात्मक अभिनयका कारण सहजै दर्शकको ध्यान खिच्न सफल भएकी छिन् ।
उनको अभिव्यक्तिको गहिराइ र नृत्यमा देखिने सन्तुलनले गीतलाई अझै अभिनय स्तर माथि पुर्याएको छ । दुवै कलाकारको जोडी,केमेस्ट्री दर्शकलाई मन छुने खालको छ, जसले भिडियोको सम्पूर्ण रोमान्सलाई जीवन्त बनाएको छ ।
चलचित्रमा जय स्याङ्तान, सिताराम गोले, अनिता गोले, अभि लामा, कल्पना वाइबा, निर्मला मोक्तान, प्रबल थिङ, पूजा लामा, राजकुमार स्याङ्तान, चन्द्रमाया दोङ, मङ्गल ग्याबा, आकाश मोक्तान, छबि लाल बोम्जन, मनिस रेश, मोहन भण्डारी, सुदिप राज बहक लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
‘थे सेम्री’ गीतले चलचित्र ‘ह्याङ तामाङ’ को भावनात्मक पक्षलाई उजागर गर्दै दर्शकमा थप जिज्ञासा जगाएको छ । अभि लामा र अनिता गोलेको रोमान्टिक प्रस्तुतिले मात्र होइन, उनीहरूको अभिनयको आत्मीयता र प्राकृतिकपनले गीतलाई स्मरणीय बनाएको छ । र विशेषगरी अभि लामा र अनिता गोलेको जोडीले तामाङ चलचित्र क्षेत्रमा नयाँ ऊर्जा थपेको छ ।