एमाले महाधिवेशनमा प्यानल होइन, व्यक्तिगत उम्मेदवारी हो: योगेश भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले ११औँ महाधिवेशनमा प्यानलगत उम्मेदवारी नहुने स्पष्ट पारेका छन्। उपमहासचिव पदका उम्मेदवारसमेत रहेका भट्टराईले भृकुटीमण्डपमा पत्रकारहरूसँग कुरा गर्दै सबै उम्मेदवारले व्यक्तिगत रूपमा उम्मेदवारी दर्ता गर्ने बताएका हुन्।

उनले महाधिवेशनपछि नयाँ टिमले पार्टीको नेतृत्व गर्ने र त्यसकै माध्यमबाट एमाले आगामी निर्वाचनमा जनताबाट अनुमोदित हुँदै सरकारमा पुग्ने विश्वास व्यक्त गरे। निर्वाचन प्रक्रियाले पार्टीको एकता नटुट्ने उल्लेख गर्दै भट्टराईले स्वच्छ र मर्यादित निर्वाचनले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउने बताए।