नेपाल प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति

नेपाल प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
अध्यक्ष लिङ्देनले टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त रहेको भन्दै यो निर्णय निरङ्कुशताको बाटो भएको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरूबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त भएको जानकारी दिनु भएको छ ।

यो निर्णय निरङ्कुशताको बाटो हो । अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक रहेको बताउनुभयो ।

तर नियमनका नाममा प्रतिबन्ध स्वीकार नगरिने उहाँको भनाइ छ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ’वर्ल्डलिङ्क’ लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिनुभयो ।

SHARE