‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन

भाषाविद् चूडामणि गौतमको निधन भएको छ । ‘ग्रामर गुरु’ भनेर चिनिने गौतमको ८१ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो ।

गौतमले लेखेको अंग्रेजी भाषाको व्याकरण प्रख्यात छ ।

अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरेका थिए ।

गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए ।

त्यसअघि गौतमले विवादित वर्णविन्यासको नेपाली शब्दकोष’ पनि सार्वजनिक गरेका थिए ।

SHARE