नेकपा (माओवादी केन्द्र) का केन्द्रदेखि प्रदेशसम्मका नेताहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने

नेकपा (माओवादी केन्द्र) का केन्द्रदेखि प्रदेशसम्मका नेताहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ।

आइतबारदेखि काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प:आजको आवश्यकता’ शीर्षकको प्रतिवेदनमा केन्द्रदेखि प्रदेशसम्मका नेताहरूलाई सम्पत्ति विवरण बुझाउन भनिएको छ।

सम्पत्ति विवरण बुझाउन नेताहरूलाई फागुन १ गतेसम्मको समयसीमा पनि दिइएको छ।

‘आगामी फागुन १ भित्र माओवादीका केन्द्रदेखि प्रदेश तहसम्मका सवै नेता कार्यकर्ताले अनिवार्य सम्पत्ति विवरण र बाँच्ने आयस्रोतको विवरण पेश गर्नुपर्नेछ,’ प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ।

आगामी निर्वाचनमा माओवादीले कुनै दलसंग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिन्ह र एजेण्डामा एक्लै चुनाव लड्ने पनि प्रतिवेदनमा उल्लेख छ।

नेताहरूको जीवनशैली बदलिएकोप्रति आम नागरिकमा निराशा छाएको भन्दै केन्द्रीय सदस्यहरूले आम्दानी र त्यसको स्रोत पारदर्शी बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ।

माओवादीमा १० वर्षे सशस्त्र र  २०६४ को संविधान सभा निर्वाचन अघिसम्म माओवादीका नेताहरूले आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउने गर्थे।

त्यसपछि माओवादीमा नेताहरूको जीवनशैली बदलिएको जनताले प्रश्न उठाउन थालेपछि प्रचण्डले नेताहरूलाई सम्पत्ति विवरण बुझाउन भनेका हुन्।

SHARE