पुरानो घरमा नाटक ‘मोन्टाज’

काठमाडौं सिनामंगलस्थित पुरानो घर थिएटरमा नाटक ‘मोन्टाज’ मञ्चन भैरहेको छ । रङ्गकर्मी सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार गरिएको नाटक मङ्सिर २२ गतेदेखि मञ्चन सुरु गरिएको हो । समाज र आम मानिसलाई नै केन्द्रमा राखेर सामाजिक परिघटनाहरुलाई जोडेर नाटकमा प्रस्तुत गरिएको छ । जहाँ प्रेम, आकर्षण, परिवार तथा स्वअस्तित्वका लागि गरिएका द्वन्द्वात्मक दृश्यहरुलाई समेटिएका छन् । निर्देशक भारतीका अनुसार जीवन कालका अनेकौं घटनाहरुलाई दर्शाउने कथाहरुको संगालो नै नाटकको प्रयत्न हो । पुस १५ गतेसम्म मञ्चन जारी रहने नाटकमा प्रकाश परिकल्पना तथा परिचालन जयराम ढकाल, मञ्च निर्माण होम वि.सी, प्रत्येक्ष संगीतमा राजकमल र पूजा विश्वकर्मा छन् । नाटकमा भारतीसँगै कलाकारहरूले रोशनी कार्की, कुन्दन, निशा दाहाल, रितेश कार्की, सनम श्रेष्ठ, शिशिर गिरी, श्रवण यादव, पुजा तामाङ, अनमोल क्षेत्री अधिकारी, अरविन्द कुमार मौर्य, रौनक कार्की, सोनिया लामा, प्रेम सागर सेजुवाल, इनारा बानु र शिला निरौलाको अभिनय रहेको छ ।

SHARE