नेकपा माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले विधान मस्यौदा समिति गठन गरेको छ ।

सचिव गणेश शाहका अनुसार उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा बनेको समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की सदस्य रहेका छन् ।

बैठकले माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको शाहको भनाई छ ।

SHARE