नेकपा (माओवादी केन्द्र) ले पूर्णकालीन पदाधिकारी र सदस्यहरूलाई पैसा दिन प्रस्ताव

नेकपा (माओवादी केन्द्र) ले पूर्णकालीन पदाधिकारी र सदस्यहरूलाई पैसा दिन प्रस्ताव गरेको छ। माओवादीले पूर्णकालीन कार्यकर्तालाई निर्वाह खर्च व्यवस्था गर्न प्रस्ताव गरेको हो।

उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले परिभाषित जिम्मेवारीसहित पूर्ण समय पार्टी काममा लगाउने व्यक्तिलाई सम्बन्धित समितिले निर्वाह खर्चको व्यवस्था गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित विधानको धारा ६१ मा यो व्यवस्था उल्लेख छ। पार्टी समितिलाई आवश्यक पर्ने पूर्णकालीन कार्यकर्ता बाहेकका सबै पार्टी सदस्यको आत्मनिर्भर आर्थिक जीवनका लागि श्रम तथा आर्थिक उत्पादनका कार्यक्रम र योजना बनाई कार्यान्वयन गर्ने प्रस्तावित विधानमा उल्लेख छ। यसको कार्यान्वयनसम्बन्धी समीक्षा प्रत्येक बैठकमा गरिनेछ विधानको मस्यौदामा उल्लेख छ। मस्यौदा आगामी फागुन १ देखि ३ गतेसम्म हुने विधान अधिवेशनमा प्रस्तुत हुने माओवादी केन्द्रले जानकारी दिएको छ।

SHARE