१९ माघ, काठमाडौं । विशेष अदालतले घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका प्राविधिक उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।उपसचिव नेपालले पोखराको एक प्याराग्लाइटिङ कम्पनीको इजाजतका लागि ६ लाख रुपैयाँ घुस मागेका थिए । तरपछि बरामद गर्ने क्रममा साढे १६ लाख रुपैयाँ भेटिएको थियो ।
विशेष अदालतले उनलाई एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । १७ साउन २०७९ मा ६ लाख रुपैयाँ सहित पक्राउ परेका नेपाललाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको हो ।