माओवादी केन्द्रले विधान अधिवेशनभर खाजा पानीमा मात्र ९ लाख खर्च

नेकपा माओवादी केन्द्रले विधान अधिवेशनभर खाजा पानीमा मात्र ९ लाख खर्च भएको छ । माओवादीले फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवनमा प्रथम विधान अधिवेशन गरेको थियो । खाजा पानीमा मात्र ९ लाख सकिएको आर्थिक व्यवस्थापनि समितिले जनाएको छ ।अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी भएका थिए ।

उनीहरूले खाना र बस्न खर्च आफैले व्यहोरेका थिए भने खाजा र पानी पार्टीले दिएको थियो । प्रत्येक प्रतिनिधिबाट एक हजार रुपयाँ उठाइएको  थियो । अधिवेशनमा कुल २५ लाख खर्च भएको छ ।

SHARE