दक्षिणी इजरायलमा गोली हानाहानमा दुई जनाको मृत्यु

दक्षिणी इजरायलमा गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको इजरायली प्रहरी र आपत्कालीन सेवाले जनाएको छ । एक बन्दुकधारीले दक्षिणी इजरायली सहर किरियत मलाखी नजिकैको बस स्टपमा धेरै मानिसहरूमाथि गोली चलाएको हो ।

घाइते ४ जनाको उपचार भइरहेको बताइएको छ । अन्य चार जना घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र दुई जनाको अवस्था सामान्य रहेको म्यागेन डेभिड एडोम आपत्कालीन सेवाले जनाएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

SHARE