‘ मिस बिजनेस ग्लोबल ’ को बिजेता बनिन् :सोनु बर्देवा

‘मिस बिजनेस ग्लोबल’ को उपाधि सोनु बर्देवाले जितेकी छिन् । राजधानीमा एक कार्यक्रमकाबिच आयोजित ‘मिस टुरिजम नेपाल’ सौन्दर्य प्रतियोगितामा उनले ‘मिस बिजनेस ग्लोबल’ को उपाधि जितेकी हुन् ।प्रतियोगितामा ‘मिस बिजनेस ग्लोबल’ को अलवा ‘मिस टुरिजम इन्टरनेशनल’, ‘मिस टुरिजम हेरिटेज’, ‘मिस ब्युटी अफ द वर्ल्ड’ को विजेता पनि छानिएको थियो।

जसमा ‘मिस टुरिजम इन्टरनेशनल’ को ताज रविना बराइलीले जित्दा ‘मिस टुरिजम हेरिटेज’ को उपाधि नरिना थापा मगरले हात पारिन् । प्रतियोगितामा ‘मिस ब्युटी अफ द वर्ल्ड’ को उपाधि निकिता गौतमले जितिन् । चार विजेता सबैले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा जाने अवसर प्राप्त गरेका छन् । ४ मध्ये महोत्वपूर्ण ‘मिस बिजनेस ग्लोबल’ मानिन्छ ।

‘मिस बिजनेस ग्लोबल’ विजेता बर्देवा काठमाडौँ गोङ्गबु निवासी हुन् । मनोविज्ञान परामर्शमा स्नातकोत्तर गर्दै रहेकी बर्देवा कविता लेखन, नृत्य र अभिनयमा रुचि राख्छिन् ।

SHARE