पोखरा । गण्डकी प्रदेश स्तरीय प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको आइतबार राति निधन भएको छ। दवाडीको हृदयघातका कारण पोखरास्थित आफ्नै निवासमा निधन भएको उनका साथी राम गुरुङले जानकारी दिएका छन्। नेपाली प्याराग्लाइडिङ क्षेत्रमा अग्रणी नाम मानिने दवाडी नेपाल प्याराग्लाइडिङ संघका संस्थापक सदस्य समेत रहेका थिए।
दवाडीले नेपालको एडभेञ्चर पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए। विशेषगरी पोखरा–सराङकोट क्षेत्रमा व्यावसायिक प्याराग्लाइडिङ संचालन, पाइलट प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा प्रमोशनमार्फत उनले गण्डकी प्रदेशलाई विश्वकै प्रमुख प्याराग्लाइडिङ गन्तव्य बनाउन योगदान पुर्याएका थिए।










