गायक प्रबिन्स् मोक्तानको स्वरमा “मैच्याङको बोलि क्या राम्रो” सार्वजनिक (भिडिओ)

“मैच्याङको बोलि क्या राम्रो” बोलको गीत सार्वजनिक गरिएको छ।

शनिवार सार्वजनिक गीतमा गायक प्रबिन्स् मोक्तान र गायिका सुमिना लोको स्वरमा सजिएको “मैच्याङको बोलि क्या राम्रो” बोलको गीत काठमाडौं पहेंलोपुल स्थित वर्गर हाउसमा एक समारोह बिच पत्रकार सम्मेलन गरि  सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा तामाङ समाज युएईका पुर्व अध्यक्ष महेश मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। तामाङ चलचित्र क्षेत्रमा आफ्नो प्रभावशाली स्थान बनाउन सफल प्रबिन्स् मोक्तानले गीत संगीत क्षेत्रमा समेत चर्चा कमाउन थालेका छन् ।मोक्तानले करिब १ दर्जन गीतमा आवाज दिईसकेका छन् ।

पुर्वेली अर्जुनको शब्द ,जि.बि.लामाको संगीत रहेको गीतलाई, एरेन्ज शुक्र लामाको रहेको छ भने मिक्सिङ / मास्टरीङ दिपेश प्रधानले  गरेका हुन्।  गीतलाई प्रबिन्स् मोक्तान अफिसियल युटुब च्यानलबाट बजारमा प्रस्तुत गरेको हो।

SHARE