चलचित्र मायाला घ्रान श्रावन १९ गते राष्ट्रिय नाचघर जमलमा प्रर्दशनको तयारी

काठमाडौं । जिम्बा फिल्मस् प्रोडक्सन ब्यानरमा निर्माण गरिएको  तामाङ भाषाको चलचित्र मायाला घ्रान श्रावन १९ गते राष्ट्रिय नाचघर जमलमा प्रर्दशनको तयारीमा निर्माण पक्ष जुटिरहेका छन । उक्त चलचित्र मायाला घ्रानको राष्ट्रिय नाचघर जमलमा  दिउँसो ठिक १२:३० बजे बाट सो सुरु हुने चलचित्रको निर्माता पेमा लामा योञ्जनले  जानकारी दिएका छन ।

पेमा लामा योञ्जन, कालू मान रुम्बा र कुमार मोक्तनको संयुक्त लगानिमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र मायाला घ्रानलाई  निमा लामा तामाङले निर्देशन गरेका छन भने चलचित्रको कथा लेखन पटकथा नायक कृष्ण लामाको रहेको छ ।  त्यसै गरि द्धन्द सुरज श्रेष्ठ, नृत्य निमा लामा तामाङले गराएका छन  भने संगीत निर्देशकद्धय निमा लामा तामाङ र देब स्याङ्तानको रहेको छ । चलचित्रको गीतमा  बिशाल काल्तान, सुरेश लामा, जितु लोप्चन, सुमिना लो लगायतका गायक  गायिकाले आवाज दिएका छन ।

चलचित्रमा नायक कृष्ण लामा, नायिका अबिना गोले, आशिष रुम्बा, छिरिङ मोक्तान लगाएतका अन्य कलाकारहरुको अभिनय रहेको छ । चलचित्र मायाला घ्रानको सुर्य लामाले छायांकन विश्वास भण्डारीले सम्पादन  गरेका हुन भने रंग  सुर्य लामाले गरेका छन।

यस अघि  जिम्बा फिल्मस् प्रोडक्सन ब्यानरमा निर्माण गरिएको  हाल्से स्होजी चु माया, नाना आङा जस्ता चलचित्र दर्शकले अत्याधिक मात्रमा रुचाइएका थिए ।

SHARE