तामाङ भाषाको चलचित्र दिवसको तयारी अन्तिम चरणमा

काठमान्डौं । सेकुवा जक्सन बौद्धमा भएको संघका प्रतिनिधि सम्मिलित बैठकले दिवसका लागि तामाङ भाषाको चलचित्रको बदलिँदो चित्र सगै “ह्याङला फिल्म ह्याङला व्हाई ,सक्से ज्याबा ह्याङला ग्योई ” नारालाई निरन्तर गरेको छ । २९ औं तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा तेस्रो तामाङ फिल्म एसोसिएशन (TFA) अवार्ड २०२४ हुनेछ । अवार्ड २४ विधामा रहने साथै कार्यक्रम आगामी भदौ १५ गते चलचित्र विकास बोर्डमा हुनेछ  ।

दिवसमा हुने गतिविधिका लागि जानकारी दिन गरिएको पत्रकार भेटघाटमा तामाङ चलचित्र संघका अध्यक्ष दिपक लामाले उक्त कार्यक्रमलाई विशेष स्मृति, संकल्प र फिल्मकर्मीबीचको आत्मीयताको दिनका रूपमा आयोजना गरिने बताए । उपाध्यक्ष अमर लामाले भने चलचित्र दिवस पनि वर्षभरिको समीक्षा र विवेचना गर्दै भावी योजनासहित अघि बढ्ने दिनका रूपमा चिनाउन खोजेका हौं ।

पत्रकार सम्मेलनमा नेपालको पर्यटन विकासको प्रवर्द्वन गर्दै भाषा, कला, संस्कृतिलाई सम्वर्द्वन गरी परम्परागत ज्ञान कलाको संरक्षण गर्न यो दिवस र अवार्डले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । यस अवार्डले तामाङ सिनेमाको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।

SHARE