दुर्गेश थापा अमेरिका टुरमा, ११ सहरमा प्रस्तुति दिने

चर्चित गायक दुर्गेश थापा मंगलबार सांगीतिक टुरका लागि अमेरिका उड्न लागेका छन्। उनले अक्टोबर १७ मा अस्टिन, टेक्सासबाट सुरु गरी नोभेम्बर २२ मा डल्लासमा टुर टुंग्याउने छन्।

यो टुर अन्तर्गत दुर्गेशले न्यूयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडो लगायत ११ सहरमा प्रस्तुति दिनेछन्।
टुर आरएनआर ग्रुप्स, पाण्डे होम्स, एकेबी कम्पनी तथा पिस एण्ड ब्युटी संस्थाको साझेदारीमा आयोजना गरिएको हो।

नोभेम्बर १ मा भर्जिनियामा गायिका मेलिना राईले पनि दुर्गेशसँगै प्रस्तुति दिनेछिन्।
दुर्गेशले यो पहिलो अमेरिका टुरमा दर्शकको साथको अपेक्षा गरेका छन्।

SHARE