रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

काठमाडौँ । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रेडियो नेपालकै पूर्व कर्मचारी समेत रहेका अमरध्वज  लामालाई   कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर साढे २ वर्षअघि बरिष्ठ कार्यक्रम अधिकृतबाट स्वैच्छिक अवकाश लिएका थिए ।
SHARE