उपसभामुखमा दुई उम्मेदवार, ठाकुर र लामाबीच प्रतिस्पर्धा

काठमाडौं । संघीय संसद्को उपसभामुख पदका लागि दुई जना सांसदले उम्मेदवारी दिएका छन्।

श्रम संस्कृति पार्टीकी सांसद रूविकुमारी ठाकुरले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। आज मनोनयन प्रक्रिया जारी रहेको छ।

ठाकुरको प्रस्तावकमा श्रम संस्कृतिका सांसद आरेन राई रहेका छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरी छन्।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वति लामाले पनि उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्।

उता राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन गर्ने बताएका दाबी गरेका छन्।