तामाङ पत्रकार संघ भक्तपुर शाखाको अध्यक्षमा छेडुप तामाङ

तामाङ पत्रकार संघ भक्तपुर शाखाको अध्यक्षमा छेडुप तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भक्तपुरमा भएको शाखाको चौथो अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

काभ्रेका तामाङ पत्रकारिता क्षेत्रमा  सक्रिय  छन् ।

नवनिर्वाचित अध्यक्ष तामाङ  विभिन्न अनलाइन सञ्चारमाध्यम हुँदै हाल नमबुद्ध डटकममा कार्यरत छन् ।

शाखाको उपाध्यक्षमा  गणेश बज्र लामा निर्वाचित  भए भने सचिवमा ‍‍‍‍‍‍‍‍सृजना पाख्रिन निवार्वाचित भए । सहसचिवमा मिङ्मा योञ्जन निर्वाचित भए ।

यसैगरी कोषाध्यक्ष बुद्धि माया तामाङ भइन् ।

सदस्यमासुरेन तामाङ छ्युमी, जगत घिसिङ, निमा ब्लोन, मिङ्मा डोल्पा योञ्जन, डिबी गोले तामाङ, दावा दोर्जे तामाङ, प्रयास गोले, विक्रम तामाङ, अर्जुन तामाङ र दावा मोक्तान तामाङ रहेका छन् ।

पूर्व अध्यक्ष सुदिन दोङले दुई कार्यकाल कुशल तरीकाले सम्पन्न गरेकोमा कदरपत्र सहित सम्मान गरेका थिए । त्यस्तै कार्यक्रमलाई सफल बनाउन अर्थिक पाटोलाई सहजीकरणले अग्र भूमिका निर्वाह गदै आएका उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ पनि कदरपत्र सहित सम्मान गरेका थिए ।

SHARE