कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गोपनीयताको शपथ लिए

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्।कँडेललाई प्रदेश प्रमुख परियारले मंगलबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

यसअघिका माओवादीबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले चैत २१ गते पदबाट राजीनामा दिएका थिए। बदलिएको सत्ता समीकरणअनुसार कर्णाली सरकारको नेतृत्व एमालेले लिने सहमति भएपछि शर्माले राजीनामा दिएका थिए।

उनको राजीनामापछि नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता कँडेल कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन्। उनी २०७४ देखि निरन्तर कर्णाली प्रदेश सभा सदस्य छन्।

SHARE