आज तमु ल्होसार मनाइँदैछ । गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने यो चाँड भव्यताका साथ मनाउन लागिएको हो ।
ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।
गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले भने टुडिखेलमा भेला भएर यो चाड मनाउँदैछन्। यसको तयारी केही दिनअघिदेखि नै भइरहेको थियो ।










