विशाल खड्काको जिततर्फ संगठन एकढिक्का : ५०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीले दोलखामा संगठित चुनावी तयारी थालेको छ। दोलखाबाट पार्टीका तर्फबाट उम्मेदवार बनेका विशाल खड्काको विजय सुनिश्चित गर्ने मुख्य उद्देश्यसहित रामचन्द्र कार्कीको नेतृत्वमा ५०५ सदस्यीय दोलखा–काठमाडौँ निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।

पार्टीले राजधानी केन्द्रित रणनीति र जिल्लास्तरको संगठनात्मक सन्तुलन मिलाउँदै परिचालन कमिटीलाई पूर्णता दिएको हो। कमिटीअन्तर्गत १०१ सदस्यीय सचिवालय गठन गरिएको छ भने दैनिक चुनावी गतिविधि, व्यवस्थापन र समन्वयका लागि ९ सदस्यीय कार्यलय टिम तोकिएको छ।

यसैगरी, निर्वाचन प्रचारलाई प्रभावकारी बनाउने लक्ष्यसहित अलग्गै प्रचार–प्रसार विभाग पनि गठन गरिएको पार्टीले जनाएको छ। प्रचार संयन्त्रमार्फत गाउँ–टोलदेखि सामाजिक सञ्जालसम्म उम्मेदवार खड्काको राजनीतिक यात्रा, एजेन्डा र दोलखाको विकास दृष्टिकोणलाई सशक्त रूपमा प्रस्तुत गरिने बताइएको छ।

SHARE