प्रेस सेन्टर दोलखा समन्वय समितिको १५ सदस्यीय नयाँ कार्यसमिति चयन

प्रेस सेन्टर दोलखा  जिल्ला समन्वय समितिको नयाँ कार्यसमिति चयन भएको छ । समितिको सातौं जिल्ला अधिवेशनबाट सुरज बस्नेत ‘अविरल’ को नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा  केदार दहाल र लक्ष्मी बस्नेत निर्वाचित भए । दहाल खुल्ला उपाध्यक्ष सर्वसम्मत चयन भएका हुन् भने बस्नेत महिला उपाध्यक्षका रूपमा निर्वाचित भएकी हुन् ।

यसैगरी सचिवमा गोविन्द थामी र सहसचिवमा राजकुमार भुजेल निर्वाचित भए । सहसचिव समावेशीमा इस्वर विक निर्वाचित भए भने कोषाध्यक्ष नविन सुनुवार चयन भए ।

सदस्यहरूमा करिश्मा गोले, सुजता बस्नेत, प्रकाश कौशल, ममता श्रेष्ठ निर्वाचित भए । यसैगरी सुन्दर खड्का, द्धिपतारा पाख्रिन, मनिता नेपाली, इन्द्रलक्ष्मी थामी निर्वाचित भए । अधिवेशनले केन्द्रीय महाधिवेशनकालागि ६ जना र प्रदेश महाधिवेशनकालागि ९ जना प्रतिनिधि पनि चयन गरेको छ ।

प्रेस सेन्टर नेपाल दोलखाले स्थापना गरेको ‘सहिद रित वहादुर खड्का स्मृती राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१’ वाट बरिष्ठ पत्रकार बलराम थापा पुरस्कृत भएका छन । त्यसैगरी अधिवेशनको अवसरमा प्रेस सेन्टर नेपाल दोलखाका संस्थापक अध्यक्ष लक्ष्मण खड्का र पूर्व अध्यक्ष शिवकुमार भुजेललाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल दोलखावाट पत्रकार महासंघ दोलखा शाखामा निर्वाचित कोषाध्यक्ष सिर्जना गोले, सहसचिव गोविन्द थामी, कार्य समिति सदस्य लक्ष्मी बस्नेत, राष्ट्रिय परिषद सदस्य शिवकुमार भुजेल, प्रदेश परिषद सदस्य सुजता बस्नेतलाई पनि सम्मान गरिएको छ ।

SHARE