तामाङ समुदायको तामाङ भाषामा ‘याम्बुलिङ’ अंक १ सार्वजनिक

काठमाडौँ । तामाङ समुदायको तामाङ भाषामा नयाँ साहित्यिक पत्रिका ‘याम्बुलिङ’ अंक १ आइतबार विमोचित भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले १५६ पृष्ठको पत्रिकाको औपचारिक विमोचन गरेका हुन् ।

पत्रिकामा कविता, कथा, निबन्ध, संस्मरण, समीक्षा, शोध–आलोचना लगायत ५१ शीर्षकमा साहित्यिक सामग्री समावेश गरिएको छ ।

कुलपति  राईले भने  “साहित्यिक पत्रिकाले समयका चिन्ता, समाजका यथार्थ र सिर्जनशीलताको खोजलाई अघि बढाउँछ । ‘याम्बुलिङ’ले बहुलता र मौलिकतालाई बलियो बनाउनेछ ।”

उक्त विमोचन कार्यक्रममा  लेखक,सहित्यकार संघ संस्थाको व्यत्तित्वहरुको उपस्थित रहेको थियो।

‘याम्बुलिङ’ अंक १ को सार्वजनिकसँगै तामाङ साहित्यमा नयाँ पत्रिका यात्रा सुरु भएको छ । साहित्यिक बहस, सिर्जनशीलता र नवीन प्रयोगलाई अझ सशक्त बनाउन यसले योगदान गर्ने अपेक्षा गरिएको छ ।

 

SHARE