नेदरल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने

त्रिकोणात्मक महिला टि–२० अन्तराष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले टस होरेर पहिले बलिङको निम्तो पाएको हो ।

नेपालले यसअघि लगातार दोस्रो हार व्यहोरेको थियो । नेदरल्यान्डसँग पहिलो खेलमा २० रनले पराजित नेपाल शनिबारको खेलमा पनि थाइल्यान्डसँग ४ विकेटले पराजित भएको थियो ।

थाइल्यान्ड लगातार दुई जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । नेपाललाई पराजित गरेको नेदरल्यान्ड दुई अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

SHARE